गायिका दिलमाया सुनार मृत भेटिइन्, १ जना पक्राउ



काठमाडौं । गायिका दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी आफ्नै कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन्। गयिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्थिन्। सुनारको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।

श्रेष्ठ शनिबार बिहान मृतक सुनारको कोठामा गएको पुष्टि भएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गायिका दिलमाया लाइभ दोहोरीका कारण चर्चामा थिइन। उनले गायक राजु परियारसँग मिलेर गाएका केही गीत निक्कै चर्चित छन्। यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्