विश्व र्कीतिमानी तामाङको स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रचण्डकाे प्रतिवद्धता



ललितपुर । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे अध्यक्ष प्रचण्डले जानकारी लिएका छन्। आइतबार बिहान ललितपुरको हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगी प्रचण्डले तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएको हो।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वल्ड्र रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।

तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट पनि जानकारी लिएका छन्। प्रचण्डले उनको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका छन् । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्