लगातारको बर्षाका कारण पोखरामा सडकसहित एक घर भासियो



पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिएका छन्।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ । सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।

जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्