भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना पुष्टि



एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा हुन गइरहेको टेस्टमा उनको सहभागितामा शङ्का उत्पन्न भएको छ ।

रोहित हाल भारतीय क्रिकेट टोली बसिरहेको होटलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसनमा बसिरहेका छन् । उनले पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । थाइल्याण्डसँगको टेस्ट जुलाई १ मा सुरु हुँदैछ ।

बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि रविचन्द्र आश्विनलाई पनि सङ्क्रमण पुष्टि भएपछि उनी इंग्ल्याण्ड जान ढिलाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्