लोसपा र लोक दलबीच आज एकता हुने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ। आज दिउँसो साढे २ बजे पार्टी एकता सभा हुनेछ।

काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको लोसपा केन्द्रीय कार्यालयका सचिव रंजित झाले जानकारी दिए।

कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको र सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्