लोकतन्त्र खतरामा पर्दा जनताले जोगाए : सभामुख सापकोटा



काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आत्मा संसद् भएको बताएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘तीन करोड’ जनताको आवाज प्रस्फुटन गराउने थलो संसद् भएको उल्लेख गरेका हुन् ।

संसद्को गरिमा उच्च बनाउन आफूहरूले निष्ठापूर्वक कार्य गर्ने उनको भनाइ छ । उनले लोकतन्त्र खतरामा पर्दा जनताले जोगाएको टिप्पणी पनि गरेका छन् । राजनीतिमा जनता निर्णायक भएको सभामुखको भनाई छ ।

“डोनाल्ड ट्रम्पको अतिवादका कारण अमेरिकाको लोकतन्त्र खतरामा परेको थियो । बच्यो । नेपालमा यस्तो हुँदा जनताले बचाएका हुन्,” उनले भने, “कुनै पनि विषयमा एउटा विन्दुमा राजनीति पुगेपछि नेपाली जनता निर्णायक छन्, निर्णायक भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्