आईसीसी विश्वकप लिग-२ : अभ्यास सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज र क्यानडामा दुई एकदिवसीय अभ्यास सिरिका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले निर्वतमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र सुनिल धमलालाई बाहिर राख्दै आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

ओमानमा सम्पन्न चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज र त्यसपछि आयोजित टी-२० विश्वकप छनोटमा मल्लले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए । त्यसयता भने मल्ल टोलीमा अटाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्