लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील छ : गृहमन्त्री खाण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

उनले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको र यसको कारणले समाजलाई गम्भीर असर पारेको उनको भनाइ छ। मन्त्री खाणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए। उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताए।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्