सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्