अखिल क्रान्तिकारीका ८ जना नेता अनिश्चितकालिन निलम्बनमा



काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता पवन कार्कीसहित ८ जना अनिश्चितकालका लागि निलम्बन परेका छन् ।

अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् । गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्कीसहित ८ जनालाई निलम्बन गरिएको हो ।

यस्तै संगठन सुदृढीकरण र परिचालन गर्न तीन महिने अभियान चलाइने भएको छ । संगठनका १९ जना उपाध्यक्ष रहनेगरी तीन महिने अभियानमा खटाइने भएको छ । यस्तै प्रदेश र संघको निर्वाचन अघि नै स्ववियु निर्वाचन गराउनु पर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्