भिएनएल : फ्रान्सको दबदबा कायम



काठमाडौं । नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ।

शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ। फ्रान्सले जापानविरुद्ध २५–२२, २७–२५, २५–१७ को सहज जित निकाल्यो।

यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३–० कै सोझो सेटमा हरायो। १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५–१७, २५–१९, २५–११ को जित निकाल्यो।

अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३–२ को सेटमा हरायो। इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३–१ को सेटमा हरायो।

जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ। यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन्।

प्रतिक्रिया दिनुहोस्