पाकिस्तानका पूर्वप्रधानमन्त्रीकी छोरी मरियम पक्राउ



पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी पक्राउ परेकी छिन् । मरियम नवाज शरिफ पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेशनल अकाउन्टबिलिटी ब्यूरो (एनएबी) ले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको हो ।

एउटा चिनी उद्योगसम्बन्धी मुद्दाको विषयलाई लिएर मरियमलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

भ्रष्टाचारको आरोपमा जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको समयमा मरियमलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्