सातौं कन्सुलर गुनासोका लागि खुला मंचको आयोजना



वीरगंज । ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले सातौं कन्सुलर गुनासोरूका लागि खुला मंचको आयोजना गरेको छ । शनिबार कन्सुलर जनरल नितेश कुमारको अध्यक्षतामा मंचको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरूको नियमित गैर-कांसुलर गुनासोहरू संबोधन गर्न रहेको थियो ।

उक्त अवसरमा ब्रिटानिया नेपाल इन्डस्ट्रिज लिमिटेड र हुलास स्टिल्स प्राइभेट लिमिटेडमा कार्यरत भारतीयहरूले वाणिज्य दूतावासमा दर्ता र दर्ता नवीकरण सम्बन्धी आफ्ना गुनासोहरू जाहिर गरेका थिए । अर्को ओपन कन्सुलर आगामी साउन १४ गते आयोजन गरिने भएको छ ।

साथै महावाणिज्य दूतावासले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवन जिल्लामा बसोबास गर्ने भारतीय नागरिकलाई यथाशीघ्र वाणिज्य दूतावासमा दर्ता गराउन आग्रह समेत गरेको छ ।

अन्य कुनै पनि कन्सुलर सेवाहरू प्राप्त गर्न र गुनासोहरूको समाधानको लागि महावाणिज्य दूतावासमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्