पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग ४ घण्टापछि खुल्यो



चितवन । नाग्दी भीरमा खसेको पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग ४ घण्टापछि सञ्चालनमा आएको छ । आइतबार मध्याह्न सवा १२ बजेतिर नाग्दी भीरमा पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको चितवन प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नारायणगढ मुग्लिन सडकको घोप्टेभीरमा खसेको पहिरो सफा गरेलगत्तै नाग्दी भीरमा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो । सो पहिरो हटाएपछि अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्