'जुन सुन्दर कश्मीरको बारेमा मेरा परिवारहरुले भन्थे, दुर्भाग्यवश त्यो कश्मीर मैले कहिले देख्नै पाइन ।' यो भनाइ हो अरीना नकिबको ।
कश्मीरमा २५ वर्षदेखि जारी रहेको हिंसा र तनावले नयाँ पीढिको मन, मस्तिष्क र जीन्दगीमा गहिरो असर पारेको छ । बितेका वर्षमा उनीहरुले हिंस्रक अवस्था मात्र देखेका छन् ।
अहिले फेरि यो पीढिले त्यहाँको बिग्रिदो हालतमा डर, अनिश्चतता र निराशामा सास लिरहेका छन् ।
यस्तै एक कहानी अरीना नकिबको छ जसको सम्बन्ध भारत प्रशासित कश्मीरसँग छ ।
बीबीसीसँगको कुराकानीमा उनी भन्छिन्- 'कहिलेकाहिँ मलाई लाग्छ कि मेरा परिवारहरु आफ्नो मनलाई खुसी पार्नको लागिमात्र यो सब मलाई भन्छन् । उनीहरु भन्छन् की कुनै समय यस्तो थियो, जुनबेला सबै खुसी थिए, चैन थियो र सबैको अनुहारमा मुस्कान हुने गथ्र्यो । तर म यस्तो केहि देख्दिन् ।'
अरीनाले ब्याचलर सकेकी छिन् र उनी उच्च शिक्षा हासिल गर्न चाहान्छिन् । उनी पढाइ सकेर नोकरी गर्न चाहान्छिन् । तर कश्मीरको हालतका कारण उनलाई आफ्नो भविश्य अन्धकार लाग्छ ।
विश्वका शान्तीपूर्ण ठाउँमा रहेका नयाँ पीढी जस्तै उनी पनि भविष्यको सपनामा जिउन चाहान्छिन् । तर उनको दुनियाँको सत्य भने फरक छ । उनी एक यस्तो दुनियाँमा बाँचिरहेकी छिन्, जो डराएकी छिन्, जहाँ उनको इच्छा अनिश्चततामा फँसेको छ ।
यस्तो अवस्थामा अरीनाले आफैसँग र आफ्नो वरिपरी रहेकासँग सोधिरहेकी हुन्छिन्, कि उनको दुनियाँ सधैँ यस्तै रहन्छ ?
'कहाँ गयो त्यो सिनेमाघर ?'
उनी भन्छिन्, 'म त्यो केटि हुँ जो दिनरात घेराबन्दिमा डराइरहेकी छु, मेलै त्यो कश्मीर कहिले देखिन जसका बारेमा मेरा बुवा-आमाहरुले भन्ने गर्थे ।'
अरीनाका अनुसार उनको परिवारहरुले श्रीनगरमा रहेको सिनेमाघरका बारेमा भन्थे, उनी उनीहरुसँग सोध्छिन्, 'कहाँ गयो त्यो सिनेमाघर ?'
उनी कलेज जान्छिन तर उनलाई थाहा हुँदैन् उनको क्लासको बाँकी केटा-केटीहरु आउँछन् वा आउँदैनन् । उनी भन्छिन् आजभोली सुन्नमा आउँछ कहिले को गिरफ्तार भयो, कोहि बन्दुकको निशानामा परे त कोहि घाइते भए ।
अरीना भन्छिन्- 'जब म परीक्षा दिएर निस्किन्छु मेरा परिवारहरुले पहिला यो सोध्दैनन् कि मेरो परीक्षा कस्तो भयो, उनीहरु सोध्छन् तिम्रो हालत त ठिक छ ? कतै जानु प-यो भने उनीहरु भन्छन् बाटोमा सानीमाको घर छ, बाहिरको परिस्थिति बिग्रियो भने त्यहाँ बस्नु । घरबाट निस्किदाँ मानिसहरु मौसम होइन त्यहाँको परिस्थितिका बारेमा सोध्छन् ।'
उनी थप्छिन्- 'उनका परिवारहरु भन्छन् पहिले कश्मीरमा फूल फूल्दा पुरा श्रीनगरमा यसको बास्ना फैलन्थ्यो तर मलाई यो मिठो बास्ना कहिल्यै आएन, मलाई त पेपर स्प्रे, अस्रु ग्याँसको बास्ना आउँछ । जब देखि म थाहा पाउने भएँ यहि देखिराछु र यस्तै बास्ना सुघिँराछु ।'
उनका परिवारले भने अनुसार पहिले निकै पाहुनाहरु आउँथे र सबैजना हाँसीखुसी मस्जिद जान्थे तर अब कोहि पाहुना आए उनीहरुलाई पहिले सोधिन्छ, 'पहिचान पत्र छ ?'
'सबै कश्मीरी रोइहाल्छन्'
जब यी युवा छात्रालाई सोधियो कि भविष्यमा उनी के गर्न चाहन्छिन् ? उनले भनिन्- 'म कैद भएकी छु, मलाई थाहा छैन की मेरो भविष्य के छ ? मलाई लाग्छ मेरो पखेँटा काटिएको छ, म तल खसिसकेँ । म उठ्न कोशिश गरिराछु तर मलाई यहाँको परिस्थितिले उठ्न दिइरहेको छैन् । हाम्रा पुस्ताका अन्य ठाउँका युवायुवतीहरु यसकारण बाँचिरहेका छन् कि उनीहरुको जिन्दगीमा एक लक्ष्य छ, तर हामी यसकारण संघर्ष गरिरहेका छौँ कि हामीलाई बाच्नुमात्र छ ।'
उनी भन्छिन्- 'यहाँ अब कोहि हाँस्दैनन्, । हर घरमा, सबैको मनमा उदासिपना छ । केहि सानो कुरामा पनि सबै कश्मीरी रोइहाल्छन्, सबै रुन चाहान्छन् ।'
उनका अनुसार अब उनका परिवारहरुले आफ्नो यादमा रहेको कश्मीरका बारेमा पनि कुरा गर्नै छाडिसके ।
उनी भन्छिन्,- 'मेरा घरपरिवार अब चुप भइसके, सायद उनीहरुलाई पनि यो थाहा छ कि अब कश्मीर कहिले ठिक हुँदैन् । यहाँ यस्तै चल्नेछ । यहाँ केहिपनि ठिक हुँदैन् ।'