लगातार बढेको विदेशी मुद्राको भाउ शुक्रबार घट्यो



काठमाडौं : यो साता लगातार बढेको विदेशी मुद्राको भाउ शुक्रबार भने केही घटेको छ । शुक्रबार कतारी रियाल र कोरियन वनको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ ।

हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको थियो।  यस्तै आज कतारी रियालको भाउ केही बढेको छ ।  १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको थियो । शुक्रबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा थियो ।मलेसियन रिगिंटको भाउ पनि केही घटेको छ ।

रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५पैसा रहेको थियो ।आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा थियो ।आज कुवेती दिनार बहराइन दिनारको भाउ पनि घटेको छ । कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८८ पैसा छ ।

हिजो खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३ सय रुपैयाँ ८३ पैसा रहेको छ । हिजो खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्