कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ



चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।

भरतपुर–८ घर भएका विक भरतपुर(५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्