सुनचाँदीको भाउ शुक्रवार स्थिर, हेर्नुहोस् कति छ भाउ ?



काठमाडौँ : सुनचाँदीको भाउ आज शुक्रवार भने स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवारदेखि नै भाउ बढेर लगातार कीर्तिमान बनाइरहेको सुनको भाउ हिजो बिहीबार तोलामा ५ सय बढेर ७० हजार पुगेको थियो । चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्