भारतमाथि कडा बन्दै पाकिस्तान, भारतीय चलचित्रमाथि पनि प्रतिबन्ध



भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ । 

जम्मू–कश्मीरको विशेष दर्जा खोसिएपछि पाकिस्तान भारतमाथि कडा बन्दै आएको छ भने व्यापारिक, राजनितिक सम्बन्ध सीमित गरेको छ । 

बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल 'सम्झौता एक्सप्रेस' सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो । 

Image result for भारतमाथि कडा पाकिस्तान

अहिले फेरि पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने, ‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्