बोरामा शव, टाउकोमा चोट



झापा । झापाको अर्जुनधारा-४ मा बोराभित्र शव भेटिएको छ । बोराभित्र पुरुषको शव भेटिएको हो । बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले जानकारी दिए ।

उनको पहिचान हुन सकेको छैन । मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उक्त शव कल्भर्टभित्र भेटिएको थियो ।

स्थानीयले खबर गरेपछि आइतबार साँझ प्रहरीले हेर्दा शव फेला परेको हो । उनको दुवै कुममा आरएन लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्