स्थानीय निर्वाचनमा ९ लाख मत ल्याएको नेपालको दाबी



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन ।

केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका हुन् ।

‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्यो । अर्थात हामीले २० लाख मत ल्याउने थियौं ।’

अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्