कश्मीरमा भाकपा नेता सीताराम येचुरी र डी राजा पक्राउ



काठमाडौं : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी र डी राजा पक्राउ परेका छन्। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचूरी र राजालाई कश्मीरस्थित श्रीनगरबाट प्रहरीले गिरफ्तार गरेको उनले आफ्नो ट्विटमार्फत जानकारी गराएका हुन्।

येचुरीको पक्राउलाई लिएर भाकपाले भारतीय सरकारबाट गैरकानुनी कदम अघि बढेको भन्दै विरोध गरेको छ। भ्रमण तय गर्नु अघि येचुरी र राजाले जम्मू —कश्मीरका गभर्नर सत्यपाल मलिकलाई छुट्टाछुट्टै पत्र लेख्दा पनि नियतबस आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्