थपिए ४१ जना कोरोना सङ्क्रमित, २० जना सङ्क्रमणमुक्त



काठमाडौं । देशभर थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३५८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३६ र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये सबैभन्दा बढी काठमाडौंमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ जना सङ्क्रमित थपिएका छन ।

यो अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमित बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ७९२ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्