नेपालले ओमानमा टी–ट्वान्टी सिरिज खेल्ने 



काठमाडौं : नेपालले ओमानमा आयोजना हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ। ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ। नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ।

५ देशको सहभागिता रहेको प्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरेको छ ।

खेलतालिका :

प्रतिक्रिया दिनुहोस्