नेपालले विश्वकप छनोटको ‘होम गेम’ कुवेतमा खेल्ने



काठमाडौं : फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ ।नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग ‘होम गेम’ खेल्नेछ।

उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले बताएको छ। नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अस्ट्रेलिया, चाईनिज ताइपेई, जोर्डन र कुवेत रहेका छन्।

यस्तै नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ।  नेपालले चाईनिज ताईपेसँग सन् २०२० को मार्च २६  र जोर्डनसँग सन् २०२० को जुन ४ मा नेपालमा खेल्नेछ। 

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल उसैको मैदानमा खेल्नेछ। यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्