अन्तर्राष्ट्रिय विमानस्थलभित्रै पसे हङकङका प्रदर्शनकारी



काठमाडौं : हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरेका छन्। डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शन गरिरहेकाहरू शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गएका हुन्।

त्यहाँ पुगेका उनीहरूले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्ड आगन्तुकलाई वितरण गरेका थिए। प्रदर्शन विमानस्थलका अधिकारी र प्रहरीको समन्वयमा गरिएको दावी उनीहरूले गरेका छन् ।प्रशासनले भने प्रदर्शन अगावै विमानस्थलको सुरक्षा कडा बनाएको जनाएको छ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकविरुद्ध हङकङमा डेढ महिनादेखि आन्दोलन जारी छ । चीनले भने हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ। 

 

प्रतिक्रिया दिनुहोस्