बाढीपहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो



लमजुङ । बाढीपहिरोले अवरुद्ध भएको डुम्रे-बेँसीसहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-१, उदिपुरनजिकै सडक अवरुद्ध भएको थियो ।

एक्साभेटरले ढुंगा-माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिरोको जोखिम भने कायम रहेको उनको भनाइ छ । सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्