फेवातालको नयाँ मापदण्ड लागू नगर्न सर्वोच्चको आदेश



कास्की । सर्वाेच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

फेवाताल वरिपरि ६५ मिटर भित्र पर्ने संरचना हटाएर तालको क्षेत्रफल कायम गर्ने मापदण्डलाई घटाएर पोखरा महानगरपालिकाले स्थानीय तहको निर्वाचनको मुखमा (२०७८ चैतमा) ३० मिटर कायम गर्ने निर्णय गरेको थियो।

तत्कालीन मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मान्दै फेवातालको मापदण्ड ३० मिटर तोकेको थियो।

तर, न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले मापदण्ड घटाउने निर्णय कानुनसम्मत नदेखिएको भन्दै तत्काल कार्यान्वयन नगर्न भनेको हो।

प्रतिक्रिया दिनुहोस्