गठबन्धनको एकमात्रै उद्देश्य सत्ता स्वार्थ हो : ज्ञवाली



चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको आरोप लगाएका छन ।

भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरेका हुन् ।

मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने,‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको स्थिति छ ।’

मुलुकको अर्थतन्त्र कुल बेला ‘कोल्याप्स’ हुन्छ भन्ने गम्भीर आशंकाले अर्थशास्त्री, व्यवसायी तथा आम जनता चिन्तित भएको समेत ज्ञवालीको धारणा छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्