कोरोना संक्रमितको संख्या बढ्यो, ४४ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन भने ललितपुरका ६ जना रहेका छन ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन ।

पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्