वीरगन्जमा बम विस्फोट हुदाँ गर्भावती महिला सहित तीन जना घाईते



वीरगन्ज : वीरगन्जमा बेलुकी बम विस्फोट हुदाँ एक गर्भावती महिला सहित तीन जना घाईते भएका छन। हरेक शुक्रबार वीरगन्ज ४ विर्तामा लाग्ने हाट बजारमा अचानक सुतली बम विस्फोट हुदाँ सिमावर्ती शहर भारत रक्सौल २० मौजे बस्ने बर्ष २४ का मिथुन सोनकार, वीरगन्ज ९ रानीघाटका पन्नालाल सुनोरिया र वीरगन्ज ३ छपकैयाकी ३७ बर्षिय सिता गिरी रहेको छन।

घाईते सबैको वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। घाईते मध्ये मिथुनको दाहिने हात र खुट्टामा बढी चोट लागेको छ। पन्नानाललाई समान्य चोट लागेको छ भने, गर्भावती महिला गिरीको कानमा चोट लागेको अस्पतालका चिकित्सकले जनाएको छ।

घाईते तीनै जना हाट बजारका पसले हुन्। मिथुनले थापेका निम्बु पसलमा नजिकै राखिएको क्यारेट मुनिबाट अचानक विस्फोट हुदाँ तीनै जना घाईते भएको उनका छिमेकी अर्का निम्बु पसल थापेका खुद्रा व्यवसायी धनजय महतोले बताए।

हामी निम्बु बेच्न व्यस्त थियौ, अचानक मिथुनले राखेको निम्बुको क्यारेट मुनिबाट विस्फोटको आवाज आयो त्यसमा पनी मिथुन घाईते भएका थिए। त्यसपछि अति व्यवस्त बजारमा सबैजनामा भागदौर हुन थालेको थियो । विस्फोटमा परी घाईते भएका मिथुन लगायत तीन जनालाई प्रहरीले उद्दार गरेर नारायणी अस्पतालमा पु¥याएको थियो।

घाईते गिरी र सुनोरिया समान्य उपचार पश्चात घर फर्केका छन । घटना बारे वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल न्यौपाने संग सम्पर्क गर्न खोज्दा फोन उठाएन। विस्फोट भएको एरिया वडा प्रहरी कार्यालय विर्ताकै मातहातमा रहेको छ।

घटना बारे पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले सुतली बम नभई समान्य पटाखा पड्केको प्रतिकृया दिएका छन। उनले भने, प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्किएको हो।

पटाका पड्किएपछि भाग्ने क्रममा लडेर दुइ जना घाइते भएको भन्दै उनले भने, कसैलाइ तर्साउनका लागि पटाका पड्काएको जस्तो देखिन्छ, पटाका पड्किएपछि भाग्ने क्रममा लडेर दुइ जना सामान्य घाइते भएका हुन्। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्