बालुवाटारस्थित एक भवनमा लागेको आगो नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो तीन घण्टापछि नियन्त्रणामा आएको हो । उक्त औषधी गोदाम सुनौलो परिवारको रहेको खुल्न आएको छ।

नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयोग गरेर आगो निभाएको थियो । आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो । बिहान ७ बजेदेखि लागेको आगो के कारणले लाग्यो भन्ने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्