सप्तकोसीमा पानीको बहाव बढेपछि रातो बत्ती बालियो



धरान । सप्तकोसीमा पानीको बहाव बढेपछि बल्यो रातो बत्ती बालिएको छ । लगातारको वर्षातका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको हो ।

सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।

कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले श्रीलंका टापुको जमिन कटान गर्न थालेको स्थानीय सन्तोष चन्द्रबंसीले बताएका छन् ।

उनले सप्तकोसीमा बाढी आएको समयमा सबै ढोका खोलेर कोसी आसपासका सर्वसाधारणको अवस्था सहज बनाइदिन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्