बालुवाटार आगालागी, करिब पाँच करोडको क्षती



काठमाडौं । बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालय बुधबार बिहान भएको आगलागीबाट करिब पाँच करोडको क्षति भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक रुपमा अन्दाजी ४-५ करोड जति क्षति भएको जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बुधबार बिहान ७:१० बजेको समयामा बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोर भवनमा आगलागी भएको थियो।

उक्त आगो काठमाडौं महानगरपालिकाको–३, ललितपुर महानगरपालिकाको-१, कीर्तिपुर नगरपालिकाको(१, बौद्ध रामहिटीको-१, नेपाली सेनाको-२ र नेपाल प्रहरीको-१ दमकल तथा १ वाटर क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङकरले नियन्त्रणमा लिएका थिए।

आगो बिहान ९:३५ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्