भारतले ३७० निलम्बन गरेर चार दिनपछि कश्मीरले हटायो धारा १४४



काठमाडौ : जम्मु–कश्मीरले नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाएको छ । भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर चार दिनपछि शुक्रबार जम्मु–कश्मीरले धारा १४४ हटाएको हो ।

जम्मु जिल्लाका डीएम सुषमा चौहानले शुक्रबार घोषणा गरकी थिइन् कि जम्मु नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाइएको छ । 

यो सँगै शनिबारदेखि जिल्लामा स्कुल–कलेज खुल्नेछन् । प्रशासनले काश्मीरका संवेदनशील मानिएका क्षेत्रमा अहिले पनि धारा १४४ अन्तर्गत कडा सुरक्षा लागू गरेको छ । तर, केही स्थानमा भने यो हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्