उत्तर कोरियाले फेरी प्रहार गर्‍यो दुई मिसाइल



काठमाडौं : उत्तर कोरियाले फेरी दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। शनिवार बिहान उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्र जापानको समुन्द्रतिर प्रहार गरेको हो। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन्।

प्रतिक्रिया दिनुहोस्