पाण्डाले जन्मायो जुम्ल्याहा सन्तान (भिडियो)



एजेन्सी : बेल्जियमको चिडियाखानामा रहेको एउटा पाण्डाले जुम्ल्याहा सन्तान जन्माएको छ। बेल्जियमको पाइरी डाइजा चिडियाखानमा रहेको हाओ हाओ नाम गरेको पाण्डाले एउटा भाले र एउटा पोथी बच्चा जन्माएको बीबीसीले जनाएको छ।

पाण्डाले जुम्ल्याहा सन्तान जन्माउनु अति दुर्लभ मान्ने गरिएको छ। विश्व वन्यजन्तु कोषका अनुसार अहिले विश्वमा प्राकृतिक रुपमा दुई हजार भन्दा कम पाण्डा रहेका छन्।

सन् २०१६ मा पाण्डालाई खतराको सूचीबाट संकटापन्न जीवको सूचीमा राखिएको थियो।

 

 भिडियो : 

प्रतिक्रिया दिनुहोस्