images

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

द नेपालटप | प्रकाशित: २०७६-४-२५ गते
बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ।

शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो।

प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा  १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। 

हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन्। झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा  छाला बरामद गरिएको हो। उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

भालुको आक्रमणबाट तीन जना घाइते

भालुको आक्रमणबाट तीन जना घाइते

अछाम: मंगलसैन नगरपालिका वडा नम्बर-७ मा  जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।भालुको आक्रमणबाट..

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटी : जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ। स्थानीय चा..

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । ..

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

धनगढी : जग्गाको साँधरसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्। गत असार १७ गते..

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी..

नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ

नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ

कैलाली : नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपाल..