अमेरिकाको कालोसूचीमा ३६ व्यावसायिक कम्पनी



एजेन्सी । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको आरोप लगाउँदै चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो ।

यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो । वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथुवानिया, पाकिस्तान, सिंगापुर, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

रुस र युक्रेन युद्ध सुरु हुनु अघि ती देशका कम्पनीले रुसलाई सामग्री आपूर्ति गरेका थिए । अमेरिकाले चीनका कम्पनीहरुमाथि गरेको कारबाही अन्य देशका लागि पनि सन्देश भएको अमेरिकी अधिकारीहरुले जनाएका छन ।

अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्