चीनमा ‘लेकिमा’ आँधी : १३ जनाको मृत्यु, १० लाख मानिस घर छोड्न बाध्य



एजेन्सी : चीनमा समुद्री आँधी लेकिमाका कारण १३ जनाको मृत्यु भएको छ।अहिलेसम्म १० लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

आँधीपछि आएको पहिरोमा परेर १६ जना हराइरहेका छन्।शनिबार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङमा प्रहार गरेको थियो। धेरैतिर विद्युत् आपूर्ति बन्द भएको छ र ढलेका रूखहरू जताततै देखिन्छन्।

समुद्री आँधी लेकिमाको प्रभाव

चीनका मौसमविद्हरूका अनुसार अहिले सो समुद्री आँधी १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर जाँदैछ। यसअघि ताइवानको उत्तरी भागलाई छुँदै चीनतिर गएको लेकिमाले केही मानिसलाई घाइते बनाएको र भौतिक संरचानमा क्षति पुर्‍याएको थियो।

एक दिनअघि सो स्थानमा ६.० म्याग्निट्युडको भूकम्प आएको थियो। भूकम्पपछि अस्थिर जमिन र आँधीका कारण हुने ठूलो वर्षाका कारण पहिरोको जोखिम बढेको विज्ञहरूले औँल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्