भक्तपुरमा घरको पर्खाल भत्किँदा एकजनाको मृत्यु



भक्तपुर । भक्तपुरमा घरको पर्खाल भत्किँदा एकजनाको ज्यान गएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको ज्यान गएको हो ।

लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्