कर्णाली प्रदेशमा २५ प्रतिशत मात्र धान रोपाइँ



सुर्खेत । कर्णाली प्रदेशमा करिब २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कर्णालीमा धान उत्पादन हुने ४९ हजार ४२५ हेक्टर जमिनमध्ये १२ हजार १०० हेक्टरमा मात्र रोपाइँ सकिएको हो । लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बिउसमेत राख्न नपाएको गुनासो गरेका छन् । त्यसमा पनि मल नपाइनु, रोपेको बिउ पनि ब्याडमै सुक्नुलगायत कारण आफूहरू समस्यामा परेको किसानहरूले बताए ।

सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ

यो वर्ष कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ६०० हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा कम डोल्पामा १४० हेक्टरमा रोपाइँ भएको छ । डोल्पामा २७६ हेक्टर मात्र मात्र धान खेती हुन्छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालका अनुसार कर्णालीमा सबैभन्दा बढी धान फल्ने सुर्खेतमा १३ हजार ५०२ हेक्टरमा धान खेती हुन्छ । मन्त्रालयका अनुसार कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करिब दुई हजार हेक्टरमा मात्र कोदो उत्पादन हुन्छ । गत वर्ष २१ हजार मेट्रिक टन मात्रै कोदो उत्पादन भएको थियो । साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिने कर्णालीमा करिब पाँच हजार हेक्टरमा जौ उत्पादन भइरहेको छ । गत वर्ष साढे १४ हजार मेट्रिक टन जौ उत्पादन भएको थियो । चिनो र कागुनो करिब तीन हजार हेक्टरमा खेती भइरहेको सचिव दाहालले बताए ।

सुर्खेत, सल्यान, दैलेख र जुम्लामा प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन घट्दो

कर्णालीमा बढी धान उत्पादन हुने सुर्खेत, सल्यान, दैलेख र जुम्लामा धमाधम प्लटिङ र जग्गा बाँझो हुँदा उत्पादन भने बर्सेनि घटिरहेको मन्त्रालयले जनाएको छ । यो वर्ष धान उत्पादन हुने २८ प्रतिशत जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ । कृषि विकास निर्देशक चित्रबहादुर रोकायले कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ४५ हजार ४४९ हेक्टर क्षेत्रफलमा एक लाख ५५ हजार ७४१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उनले कर्णालीमा कुल जमिनको ९र९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको जानकारी दिए । कर्णालीमा धानखेती हुने जमिनमध्ये झन्डै १७‍।५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्