प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन यसै वर्ष गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गरेका हुन् ।

उनले पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको पनि बताए । प्रधानमन्त्री देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिएएका छन् ।

नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताउँदै संघीय संसद,संसदीय समितिले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधाननमन्त्रीले व्यक्त गरेका छन् । देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् ।

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको पनि उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्