पति पत्नीको झगडाले उग्ररूप लिएपछि…



एजेन्सी : श्रीमान श्रीमतिबीच सानो सानो कुरामा झगडा हुनेगर्छ। तर, कतिपय अवस्थामा यो झगडाले ठुलो रुप समेत लिने गर्छ। अत्याधिक रिसका कारण कतिपय मानिसहरु केही यस्ता कदमहरु उठाउन पुग्छन् जसको कल्पना समेत गरिन्न। एउटा यस्तै घटना घटेको छ चीनमा।

चीनको प्रान्त शानक्सीमा रहँदै आइरहेको एक दम्पत्तिको जीवनमा यस्तै घटना घटेको छ। एक ३० वर्षिय महिलको आफ्नो पतिसँग झगडा भयो। यो झगडाले यस्तो ठुलो रुप लियो कि श्रीमतिले रिसको झोकमा सात तलाबाट हाम फालेर ज्यान दिने प्रयास गरे। पतिले केही सम्झाउन खोज्दै थिए उनीले हाम फाली हालेकी थिइन्।

श्रीमतिलाई बचाउने श्रीमानले प्रयास पनि गरे। यस प्रयास गर्दा महिलको कपाल श्रीमानको हातमा आएको थियो। उनले आफ्नी श्रीमतिलाई कपालका भरमा तीन मिनेटसम्म समातेर राखेका थिए। पुलिसले उक्त घटनालाई क्यामरामा कैद गरेका थिए। पाइपलाइनमार्फत प्रहरीहरुले महिलालाई बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्