पौडेलको आरोप : ‘आयल निगम व्यापारीलाई दिन अर्बको चलखेल’



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारको आलोचना गरेका छन । उनले आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

६४ औ संसद् सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दैं पौडेलले भने, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन, अर्बका कुरा छन ।’

उनले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गरेका छन । उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्