राजविराजका ७ पसललाई जरिवाना



सप्तरी । खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका ७ पसललाई जरिवाना गरिएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कार्वाही गरेको हो।

खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरेएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिएका हुन्।

उनका अनुसार मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई २० हजारका दरले र गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई ५ हजारका दरले जरिवाना तोकिएको सूचना अधिकारी खत्बेको भनाइ छ।

अनुगमनमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिदबिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्