बागमतीमा मुख्यमन्त्री परिवर्तन हुने संकेत, हस्ताक्षर संकलन सुरु



काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारीका साथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेका छन ।

बिहीबार कांग्रेस र माओवादी सांसदहरूले हस्ताक्षर संकलन गरेका छन । यद्यपि सरकार परिवर्तनकै प्रयोजन खुलाएर हस्ताक्षर संकलन गरिएको छैन ।

नेकपा माओवादी केन्द्रका एक सांसदका अनुसार भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने सबै सांसदहरू उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।

बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्ने विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो ।

उक्त सहमति अनुसार सरकार छाड्न मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई दबाब दिने गरी हस्ताक्षर संकलन गरेको सांसदहरूले बताएका छन ।

यद्यपि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेको औपचारिक रुपमा स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्