दोहोरो अङ्कले बढ्यो नेप्से, दुई अर्ब ४५ करोडको कारोबार



काठमाडौं । शेयर बजार बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । बुधवार साढे ४१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।

बिहीवार सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नौ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बिहीवार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्