थप ५५ जनामा कोरोना पुष्टि, १७ जना सङ्क्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन । योसँगै अब नेपालमा दुई सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप तीन लाख १६ हजार चार सय ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्