
दाङ : जिल्लामा अध्यक्ष चढ्ने गाडीमा मध्यरातमा आगजनी गरिएको छ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा गएराति करिव १२:४५ को समयमा आगजनी भएको हुन सक्ने अनुमान गरिएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको बेला सो गाडीमा आगजनी भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका सई गोपाल प्रसाद शर्माले बताए ।
आगजनीबाट रा १ झ १५२ नम्बरको उक्त सरकारी सुविधाको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा लागेको आगो सई शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए ।
आगजनी कसले र किन गरियो भन्ने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।